२४ असार २०८३, बुधबार

रुपन्देहीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

भदौ ६, २०८१
बुटवल
रुपन्देहीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

रुपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मायादेवी गाउँपालिका–६ निवासी ३५ वर्षीय गोरख बेल्दार रहेका छन् । लू २ ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बेल्दारको उपचारका क्रममा बुधवार राति मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता मनोहर भट्टले लोकान्तरलाई जानकारी दिए । 

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्