२८ जेठ २०८३, बिहीबार
देशको वित्तीय चित्र

एक महिनामा सवा खर्बको व्यापार घाटा, ९ प्रतिशतले घट्यो निर्यात

भदौ ७, २०८१
काठमाडौं
एक महिनामा सवा खर्बको व्यापार घाटा, ९ प्रतिशतले घट्यो निर्यात
फाइल फोटो

चालू आर्थिक वर्षको पहिलो महिनामा देशको व्यापार घाटा एक खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ ।

साउनमा देशको व्यापार घाटा १ खर्ब १६ अर्ब १५ करोड ९ लाख ७४ हजार रुपैयाँ पुगेको भन्सार विभागको तथ्याङ्कले देखाएको हो ।

गत आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा देशको व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख १५ हजार रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा देशको व्यापार घाटा ०.३८ प्रतिशतले बढेको छ । 

भन्सार विभागका अनुसार साउनमा मात्रै नेपालले १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपैयाँको आयात गरेको छ । गत आर्थिक वर्षको साउन महिनामा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

त्यस्तै, नेपालले एक महिनामा १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

गत आर्थिक वर्षको साउन महिनामा भने नेपालले १३ अर्ब ५२ करोड ६८ लाख ५६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।

गत वर्षको तुलनामा देशको निर्यात ९.६३ प्रतिशतले घटेको छ ।

salt training

कमेन्ट गर्नुहोस्