२६ असार २०८३, शुक्रबार
सहकारी ठगी प्रकरण

संसदीय छानबिन समितिसँग रविले भने– सबै कुरा जीबी राईलाई नै थाहा होला

भदौ ७, २०८१
काठमाडौं
संसदीय छानबिन समितिसँग रविले भने– सबै कुरा जीबी राईलाई नै थाहा होला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले सरकारीमा भएको आर्थिक अनियमितताको जिम्मा जीबी (गीतेन्द्रबाबु) राईले लिनुपर्ने बताएका छन् ।

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले शुक्रवार लिएको बयानमा लामिछानेले यस्तो बताएको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।

लामिछानेले आर्थिकसम्बन्धी सबै जिम्मा गोरखा मिडिया नेटवर्कका अध्यक्ष राईले लिने गरेको बताउँदै ‘सहकारी ठगीबारेको सबै कुरा जीबी राईलाई नै थाहा होला’ भनेका थिए ।

समितिले रास्वपा सभापति लामिछानेसँग बयान लिइरहेको छ ।

null

संसद् सचिवालय सिंहदरबारमा शुक्रवार अपरान्हबाट समितिले उनीसँग बयान लिइरहेको हो । 

गोरखा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टीभीको प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेसँग समितिले बयान लिएको हो ।

गोरखा मिडियाकै पूर्वसञ्चालक छविलाल जोशी बञ्जाडेसँग समितिले शुक्रवार झण्डै पाँच घण्टा लामो बयान लिएको थियो । 

लामिछानेसँग सोध्नका लागि समितिले तीन दर्जन लिखित प्रश्नावली तयार गरेको छ । बयान अझै दुई घण्टासम्म चल्ने बताइएको छ ।

अधिकांश प्रश्न व्यक्तिको नाममा सहकारीबाट ऋण लिएर टेलिभिजनमा लगानी गर्न मिल्छ ? भनेर सोधिएको छ । 

बयानका लागि सभापति लामिछाने केही फाइल बोकेर संसदीय समितिको बैठकमा प्रवेश गरेका थिए ।

लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक र सञ्चालक रहेको समयमा विभिन्न सहकारीबाट ग्यालेक्सी टीभीमा लगानी भएको थियो ।

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमलगायत सहकारीबाट रविको नाममा ऋण प्रवाह भएको थियो । लामिछाने उपप्रधान तथा गृहमन्त्री रहेको समयमा नेपाली कांग्रेसले सहकारी ठगीमा उनको संलग्नताबारे छानबिनको माग गरेपछि संसदीय छानबिन समिति गठन भएको थियो ।

तीन महिनाको समय पाएर जेठ १५ गते गठन भएको संसदीय समितिले सहकारी सञ्चालकको बयानसँगै प्रतिवेदन लेखनको काम पनि गरिरहेको छ ।

भदौ १५ भित्रै प्रतिवेदन तयार गर्ने गरी काम भइरहेको समितिका सभापति थापाले बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्