संयुक्त राष्ट्र सङ्घको विपद् जोखिम न्यूनीकरण कार्यालय (यूएनडीआरआर)ले एशिया–प्रशान्त क्षेत्रमा विपद्को जोखिम सन् २०३० सम्म ४० प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।
'यो प्रक्षेपणले सन् २०१५ मा ‘सेन्डाई फ्रेमवर्क’मा निर्धारण गरिएका विपद् जोखिम न्यूनीकरणको लक्ष्यबाट हामी टाढा गइरहेको सङ्केत गरेको छ । हामीले जोखिम न्यूनीकरणभन्दा पनि बढाउनुको साटो जोखिम बढाइरहेको बताएको छ,' युएनडीआरआरको एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय प्रमुख मार्को टोस्कानो–रिभाल्टाले विपद् जोखिम न्यूनीकरणसम्बन्धी एसिया–प्रशान्त मन्त्रीस्तरीय सम्मेलनमा भने।
सेन्डाई फ्रेमवर्क विपद् जोखिम न्यूनीकरणका लागि निर्धारण गरिएको विश्वव्यापी प्रतिबद्धता हो । उक्त सम्मेलन आगामी अक्टोबरमा फिलिपिन्सले आयोजना गर्ने छ ।