१६ असार २०८३, मंगलबार

देश विकासको मुख्य आधार गुणस्तरीय शिक्षा हो : सभामुख

भदौ ८, २०८१
सिन्धुपाल्चोक
देश विकासको मुख्य आधार गुणस्तरीय शिक्षा हो : सभामुख
फाइल फोटो

सभामुख देवराज घिमिरेले देश विकासको मुख्य आधार गुणस्तरीय शिक्षा भएको बताएका छन्। 

सिन्धुपाल्चोक सदरमुकाम चौतारास्थित चौतारा बहुमुखी क्याम्पसको २४ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

'कुनै मुलुक समृद्ध छ भन्नुको तात्पर्य त्यो मुलुक शिक्षा क्षेत्रमा अब्बल छ भन्ने हो,' सभामुख घिमिरेले भने ।

देशलाई आवश्यक पर्ने हर प्रकारका जनशक्ति उपलब्ध गराउन शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गर्नुपर्नेमा उनले जोड दिए । सभामुख घिमिरेले नागरिकलाई गुणस्तरीय शिक्षा दिनका लागि राज्यको नीति इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताए ।

क्याम्पसमा शिक्षा लिएका धेरैजसो व्यक्तिहरू राज्यको ठुलठुला पदमा पुगेको थाहा पाउँदा आफूलाई खुसी लागेको उनले बताए । राज्यको शिक्षा नीति, युगानुकूल पाठ्यक्रम, सुविधायुक्त भौतिक पूर्वधार एवं प्रभावकारी अनुगमन मूल्याङ्कनजस्ता पक्षबाट मात्रै  गुणस्तरीय शिक्षा प्राप्त हुने उनले बताए ।

वार्षिकोत्सवका अवसरमा  क्याम्पसका  संस्थापक कृष्णराज श्रेष्ठ, माधवलाल कर्मचार्य, बागमती प्रदेशका पूर्वमन्त्री तथा  सभासदस्य युवराज दुलाललगायतलाई सभामुख घिमिरेले सम्मान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्