नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कैलालीको धनगढीस्थित घरअगाडि शंकास्पद वस्तु फेला परेको छ ।
धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोषनजिकै रहेको पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाको घरअगाडि शनिवार राति शंकास्पद वस्तु फेला परेको कैलालीका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार एउटा पुरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको छ ।
‘शंकास्पद वस्तु भेटिएको छ । उक्त वस्तु के हो भन्ने कुरा खुलेको छैन र नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइएको छ । टोली त्यसतर्फ जाँदै छ,’ उनले भने ।
धनगढीको घरमा कांग्रेस सभापति देउवाका भतिजा तथा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री प्रकाश देउवा बस्ने गर्छन् ।