२५ असार २०८३, बिहीबार

नुहाउने क्रममा खोलामा डुबेर बालिकाको मृत्यु

भदौ ९, २०८१
मोरङ
नुहाउने क्रममा खोलामा डुबेर बालिकाको मृत्यु
फाइल फोटो

मोरङको कानेपोखरी गाउँपालिका- ४ ज्यामिरेस्थित भलुवा खोलामा नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ८ वर्षीया छोरी तुलसा राना मगर छिन् । 

पाँचथरको कुम्मायक गाउँपालिका- १ यासोक घर भइ हाल कानेपोखरी- ४ मा फुपूको घरमा बस्दै आएका छगेन्द्र राना मगरकी ८ वर्षीया छोरी तुलसाको शनिबार साँझ ५ बजेको समयमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलको कानूनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि ट्रमा सेन्टर उर्लाबारी पठाएको छ ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्