२३ जेठ २०८३, शनिबार

बागमतीका पर्यटन मन्त्री निवासमा आगलागी

भदौ ९, २०८१
मकवानपुर
बागमतीका पर्यटन मन्त्री निवासमा आगलागी

बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको निवासमा आज साँझ आगलागी भएको छ ।

मन्त्री बस्ने भवनको माथिल्लो तलामा रहेको सभाहलमा आगलागी हुँदा इन्भर्टर ब्याट्री चार थान, पावर सप्लाइ बक्स, वाइफाइ राउटर, गलैचा, जिप्सन बोर्डमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

आइतबार साँझ ७ं बजेर ४० मिनेट जाँदा आगलागी सुरु भएको र ७ बजेर ५५ मिनेटमा निभाइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

आगलागी हेटौंडा उपमहानगरको वारुणयन्त्र प्रयोग गरिएको थियो । विद्युत सर्ट भएका कारण आगलागी भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्