१४ असार २०८३, आइतबार

मूर्ति सेलाउन गएका एक युवकको मृत्यु

भदौ १२, २०८१
उदयपुर
मूर्ति सेलाउन गएका एक युवकको मृत्यु

सप्तरीमा कृष्ण जन्माष्टमी पर्व मनाएर मूर्ति सेलाउन गएका एक युवकको त्रियुगा नदीमा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयकानुसार सप्तकोशी नगरपालिका–२, पसार्हा निवासी रामकुमार राजधामीका २२ वर्षीय छोरा रोहनको नदीमा डुबेर मृत्यु भएको हो । 

स्थानीयवासीसँगै सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित त्रियुगा नदीको हेडबाँधमा मूर्ति सेलाउन गएका रोहन पानीमा डुबेकामा  स्थानीयले उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका थिए । 

उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्