
नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरूको उत्साह, उमङ्ग र हर्ष उच्च राख्न भन्दै यो वर्षको दशैँलाई लक्षित गरेर विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ ।
जसअन्तर्गत ग्राहकहरूले टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एक रोजेर लिन सक्नेछन् । होम अप्लायन्सअन्तर्गत वासिङ मशिन, फ्रिज, एसी, टीभी र माइक्रो वेभ छन् ।
यस्तै ग्याजेटअन्तर्गत आइफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यसैगरी टुर प्याकेजअन्तर्गत मरिसस, बैंकक, मलेसिया, दूबई वा युरोप रहेका छन् । त्यस्तै बुकिङ्ग गराउँदा पनि ग्राहकहरूले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न सक्नेछन् ।
यो योजना टाटाको ट्रक, टिपर, बस, मिनी ट्रक, मिनी टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिकजस्ता गाडीहरूको खरिदमा लागू हुनेछ । आफूले खरिद गरेको गाडीअनुसार विभिन्न योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ।
सिप्रदी ट्रेडिङ कमर्सियल भेहिकल बिजनेस युनिटका सिनियर जेनरल म्यानेजर अनुपमणि ढकालले सिप्रदी आफ्ना ग्राहकको उत्साहलाई बढाइ राख्न र उनीहरूको व्यवसायमा सकारात्मक भूमिका निर्वाह गर्न सदा क्रियाशील रहेको प्रतिबद्धता जनाए ।
हरेक वर्षझैँ यो वर्ष पनि ग्राहकहरूको तर्फबाट अफरसम्बन्धी सकारात्मक प्रक्रिया आएको उनले बताए । उनका अनुसार यो योजना असोज १४ गतेसम्म लागू हुनेछ