२२ जेठ २०८३, शुक्रबार

पाँचथरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय, विद्यार्थीलाई सचेतना कक्षा

भदौ १४, २०८१
काठमाडौं
पाँचथरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय, विद्यार्थीलाई सचेतना कक्षा

पाँचथरका आइतराज केरुङको घरनजिकै शुक्रबार फेला परेको विस्फोटक पदार्थ नेपाली सेनाले डिस्पोज गरेको छ ।

भेटिएको वस्तु  'इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस' रहेको र त्यसलाई निष्क्रिय पारिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

'घटनास्थलमा थप एक शंकास्पद वस्तु फेला परेको भन्ने खबर प्राप्त भएपछि परिचालित नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु  (Improvised Explosive Device (IED)) रहेको पहिचान गरी आज ११:२० बजे सुरक्षित साथ निष्क्रिय पारेको छ,' निर्देशनालयले भनेको छ ।

सेनाका अनुसार घटनास्थल पाँचथर सदरमुकाम फिदिमबाट करिब ५० किलोमिटर उत्तरपूर्वमा पर्छ ।

यसअघि भेटिएको शंकास्पद वस्तु विस्फोट हुँदा २ बालबालिकाको मृत्यु भएको थियो । मृतक दाजुबहिनी हुन् । अन्य २ जना घाइते छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

विस्फोटक पदार्थ डिस्पोज गरेसँगै सेनाको टोलीले स्थानीय कालिका माविमा विद्यार्थीहरूका लागि सचेतनामूलक कक्षा समेत सञ्चालन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्