२४ जेठ २०८३, आइतबार

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र बेहोस भएर तीन जनाको गयो ज्यान

भदौ १४, २०८१
नवलपरासी
निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र बेहोस भएर तीन जनाको गयो ज्यान

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको ज्यान गएको छ ।

स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसारका विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ स्थानीय ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र २८ वर्षीय मोहम्मद राजा बेहोस अवस्थामा उद्धार गरी गरिएको थियो ।

सेफ्टी टङ्कीभित्र तीनजना बेहोस भई लडी रहेको अवस्थामा उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतकमध्ये दुई जनाको शव भीम अस्पताल भैरहवा रुपन्देहीमा र एक जनाको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल नवलपरासी (पश्चिम) रहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए । घटनाको बारेमा थप अनुसन्धान भई रहेको जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्