२२ जेठ २०८३, शुक्रबार

बारामा करेन्ट लागेर एक जनाको मृत्यु

भदौ १४, २०८१
काठमाडौं
बारामा करेन्ट लागेर एक जनाको मृत्यु
प्रतीकात्मक तस्वीर ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ टागिया बस्तीमा शुक्रवार धान खेतमा करेन्ट लागेर एकको मृत्यु भएको छ । 

स्थानीय ५३ वर्षीय टीकाबहादुर खनाललाई धान खेतमा विद्युतीय मोटर जडान गर्ने क्रममा अचानक करेन्ट लागेको थियो ।

गम्भीर घाइते भएका उनको उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्