
त्रिभुवन विश्वविद्यालयका ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुख नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।
क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी आवेदन माग गरेको हो ।
त्रिविले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, सुर्खेत शिक्षा क्याम्पस सुर्खेतलगायतका लागि क्याम्पस प्रमुखको आवेदन माग गरेको हो ।
योग्य उम्मेदवारले सात दिनभित्र आवेदन पठाउन सक्ने त्रिविले जनाएको छ ।