२८ जेठ २०८३, बिहीबार

युगान्डामा भ्रष्टाचारको विरोध गर्दै अर्धनग्न प्रदर्शन गर्ने तीन महिला पक्राउ

भदौ १८, २०८१
काठमाडौं
युगान्डामा भ्रष्टाचारको विरोध गर्दै अर्धनग्न प्रदर्शन गर्ने तीन महिला पक्राउ

युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने तीन अर्धनग्न प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

यस वर्षको शुरूमा युवाहरूको नेतृत्वमा भएको सरकार विरोधी प्रदर्शनसँग जोडिएको युगान्डा स्वतन्त्रता अभियन्ता भनेर चिनिने नागरिक समाजका सदस्य महिलाहरूलाई संसद्‌तर्फ जाँने क्रममा पक्राउ गरिएको हो । 

ती महिलाहरूले महिला र बालबालिकाको भविष्य बचाऔँ, भ्रष्टाचार अन्त्य गरौँ भन्ने नारा लगाएका थिए ।

उनीहरूले 'युगान्डा गरिब होइन, ‘तिनीहरू’ले हाम्रो सम्पत्ति चोरिरहेका छन्,' लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरुलाई के अभियोग लगाइएको हो भन्ने खुल्न सकेको छैन ।

युगान्डामा भ्रष्टाचार एक प्रमुख मुद्दा हो । अधिकारीहरू सार्वजनिक धेरै ठूला घोटालाहरूमा समावेश रहेको पाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार सूचकांकमा युगान्डा १८० देशहरू मध्ये १४१ औँ स्थानमा छ ।

salt training

कमेन्ट गर्नुहोस्