०३ असार २०८३, बुधबार

वार्षिक कार्ययोजनालाई अन्तिम रूप एमाले पोलिटब्यूरो बैठक बस्दै

भदौ १८, २०८१
काठमाडौं
वार्षिक कार्ययोजनालाई अन्तिम रूप एमाले पोलिटब्यूरो बैठक बस्दै

नेकपा (एमाले)को पोलिटब्यूरो बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे पोलिटब्यूरो बैठक बस्न लागेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।

उनका अनुसार बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रूप दिइने छ । 

बैठक आज र भोलि दुई दिन बस्ने जनाइएको छ । एमालेमा ९५ जनाको पोलिटब्यूरो रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्