०२ साउन २०८३, शनिबार

श्रमदानमार्फत काठेपुल निर्माण

भदौ १८, २०८१
खोटाङ
श्रमदानमार्फत काठेपुल निर्माण

खोटाङ । विद्यार्थीलाई खोला तरेर विद्यालय जान समस्या भएको भन्दै साकेला गाउँपालिका–३ खिदिमाका स्थानीयले श्रमदानमार्फत काठेपुल निर्माण गरेका छन् ।  खिदिमास्थित मखमले र तावाभञ्ज्याङका ४२ जना स्थानीयले लगातार चार दिन श्रमदान गरेर बोराखोलामा करिब १२ मिटर लम्बाइको काठेपुल निर्माण गरेका हुन् ।  

साविकको बोरा टोलबाट मखमले जोड्ने बोराखोलामा करिब रु दुई लाख ४५ हजार लाग्ने काठेपुल निर्माण गरी आजदेखि सञ्चालनमा ल्याइएको टोल विकास समितिका अध्यक्ष नैनबहादुर खत्रीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्