
नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ । हिजोबाट शुरू भएको बैठक पार्टी कार्यालय च्यासलमा आज पनि बस्न लागेको हो ।
बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ ।
मंगलबार बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव कार्ययोजनामा आज नेताहरूले आफ्नो धारणा राख्ने छन् ।
बैठकमा धारणा राख्ने प्रत्येक सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
संगठित सदस्यको संख्या १० लाख पुर्याउने एमालेको लक्ष्य छ ।
हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले समाज भड्काउन खोजेको आरोप लगाएका थिए ।