२३ असार २०८३, मंगलबार
विजयोत्सव

ऐतिहासिक पदक विजेता पलेशालाई नगर परिक्रमा गराइयो [फोटो फिचर]

भदौ १९, २०८१
काठमाडौं
ऐतिहासिक पदक विजेता पलेशालाई नगर परिक्रमा गराइयो [फोटो फिचर]

पारालिम्पिक्समा ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ । त्रिभुवन विमानस्थलमा ओर्लेलगत्तै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो ।

null

र्‍याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो ।

यसअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उनलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्वागत गरेका हुन् ।

फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेशाले ऐतिहासिक कांस्य जितेकी थिइन् । यो नै नेपाली खेलाडीले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्