
नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले घटेको छ ।
साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक १२.१० अङ्कले घटेर २७२७.३६ को विन्दुमा पुगेर बन्द भएको हो ।
बिहीबार बजारमा २ करोड १ लाख ५३ हजार ९९३ कित्ता शेयर खरिद बिक्री हुँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन बुधबार मात्रै ९० अङ्कले घटेको बजारमा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार रुपैयाँको कारोबार भएको थियो ।
दोहोरो अङ्कले घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानी कर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।
यस दिन आत्मनिर्भर लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, नेपाल फाइनान्स लिमिटेडका लगानी कर्ताहरूले सर्वाधिक गुमाएका छन् । आज नेपाल फाइनान्सको शेयर मूल्य ८.९१ प्रतिशतले घटेको छ ।
सातामा २२.२१ अंकले घट्यो
यस साताको पहिलो कारोबारका दिन दोहोरो अङ्कले घटेको शेयर बजार साताको अन्तिम कारोबारका दिन दोहोरो अङ्कले घटेर बन्द भएको छ ।
साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक ५३.६३ अङ्कले घटेर २६९५.९३ को विन्दुमा अडिएको थियो । यस दिन बजारमा १० अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबारका दिन सोमबार नेप्से १२७.३२ अङ्कले बढेर २८२३.२५ को विन्दुमा बन्द भएको थियो । यस दिन बजारमा १३ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो ।
त्यस्तै, साताको तेस्रो कारोबारका दिन मङ्गलबार ६.९४ अङ्कले बढेको नेप्से परिसूचक २८३०.२० को विन्दुमा अडिएको थियो । यस दिन १३ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको चौथो कारोबारका दिन परिसूचक ९०.७३ अङ्कले घटेर २७३९.४६ को विन्दुमा अडिएको थियो ।
यस दिन बजारमा २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयरको खरिद बिक्री हुँदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार रुपैयाँको कारोबार भएको थियो ।
त्यसै गरी, साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक १२.१० अङ्कले घटेर २७२७.३६ को विन्दुमा पुगेको छ ।