०६ साउन २०८३, बुधबार

पोखरा महानगरकी सबइन्जिनियर रोकायासहित २ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

भदौ २०, २०८१
काठमाडौं
पोखरा महानगरकी सबइन्जिनियर रोकायासहित २ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

पोखरा महानगरपालिकाकी सबइन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

बिहीबार विशेष अदालतले रोकायालाई दोषी ठहर गर्दै ८ महिना कैद र १ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो।

त्यसैगरी सोही मुद्दामा प्रतिवादी रहेका कुँवरलाई ४ महिना कैद र ८७ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको छ। ​

यसका साथै ऋषिप्रसाद बरालले बैंकमा दाखिला गरेको २ लाख रुपैयाँ जफत गरेर उजुरी कर्तालाई भराइदिने फैसला भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्