०२ साउन २०८३, शनिबार

एनडीसी प्रतिनिधिमण्डलको नेपाल भ्रमणः भेटे प्रधानमन्त्रीदेखि प्रधानसेनापतिसम्म

भदौ २०, २०८१
काठमाडौं
एनडीसी प्रतिनिधिमण्डलको नेपाल भ्रमणः भेटे प्रधानमन्त्रीदेखि प्रधानसेनापतिसम्म

अष्ट्रेलिया, भुटान, जापान, कजाकिस्तान, ओमान र अमेरिका तथा भारतका निजामती सेवा र रक्षा बलका २१ जना वरिष्ठ अधिकारीसम्मिलित राष्ट्रिय रक्षा महाविद्यालय (एनडीसी)को ६४ औँ कोर्सको एक प्रतिनिधिमण्डलले पाँच दिने नेपाल भ्रमण गरेको छ । टोलीले भदौ १६ देखि २० गतेसम्म भ्रमण गरेको हो ।

null

रियर एड्मिरल सन्दीप एस सन्धु, एनएम, सिनियर डाइरेक्टिङ स्टाफ (भारतीय नौसेना)ले नेतृत्व गरेको भ्रमण टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र रक्षामन्त्री मानवीर राईसँग भेटवार्ता गरेको थियो ।

null

उक्त भ्रमण टोलीले नेपाली सेनाका कायममुकायम प्रधानसेनापति रथी अशोकराज सिग्देलसँग पनि भेट गरी द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गरेको थियो । टोलीले काठमाडौंस्थित नेपाली सेनाको मुख्यालय र पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गरी रक्षा सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न पक्षमाथि छलफल गरेको थियो ।

null

उच्च राष्ट्रिय निर्देशन तथा रणनीतिका विविध पक्षबारे वरिष्ठ रक्षा र निजामती सेवा अधिकारीहरूका लागि भारतको राष्ट्रिय रक्षा महाविद्यालय विश्वकै प्रमुख प्रशिक्षण संस्थाहरूमध्ये एक रहेको भारतीय दूतावासद्वारा बिहीवार जारी विज्ञप्तिमा उल्लेख छ ।   ‘विदेशी मित्र राष्ट्रका सशस्त्र बलका अधिकारीहरू पनि उक्त कोर्समा सहभागी छन्,’ विज्ञप्तिमा भनिएको छ । 

null

यस 'प्रतिष्ठित' कोर्समा हाल नेपाली सेनाका चारजना अधिकृत सहभागी छन् ।यस्तै निवर्तमान प्रधानसेनापति प्रभुराम शर्मासहित नेपाली सेनामा कार्यरत १५ जना अधिकृत यस संस्थाका विशिष्ट पूर्वछात्र हुन् । राष्ट्रिय रक्षा महाविद्यालय, नयाँ दिल्लीबाट प्रशिक्षित भएका नेपाली सेनाका अधिकारीहरूले आ–आफ्नो विशेषज्ञताका क्षेत्रमा महत्त्वपूर्ण नियुक्तिहरू पाएको जनाइएको छ ।

null


 

salt training

कमेन्ट गर्नुहोस्