१० साउन २०८३, आइतबार

कागज उद्योगबाट मनग्गे आम्दानी, २० जनालाई रोजगारी

भदौ २०, २०८१
दाङ
कागज उद्योगबाट मनग्गे आम्दानी, २० जनालाई रोजगारी

 राप्ती गाउँपालिका-१ भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसीले सञ्चालन गरेको नेपाली हाते कागज उद्योगमा स्थानीय २० जनाले रोजगारी पाएका छन् । 

पच्चिस वर्ष स्वास्थ्य चौकी भालुवाङमा कार्यालय सहयोगीका रुपमा काम गरेका जिसीले अवकाशपछि डेढ वर्षअघि उद्योग सञ्चालन गरेका हुन् । राप्ती गाउँपालिका–४ पिपरखुटीमा करिब रु ४५ लाख लगानी गरेर राप्ती कागज उद्योग सञ्चालन गरेका जिसीले उद्योगबाट राम्रो आम्दानी गर्दै आएका छन्।

उद्योगमा काम गर्नेहरुले कामअनुसार रु २० देखि ३५ हजारसम्म महिनामा कमाई गर्ने गरेका छन् । स्थानीयस्तरको उद्योगमा गाउँमै रोजगारी पाउँदा बालबच्चाको पठनपाठनदेखि घरखर्चका लागि राम्रो आम्दानी भइरहेको राप्ती गाउँपालिका निवासी पार्वती गाहाले बताइन् । 

स्थानीयस्तरमै पाइने वनस्पति र केही कच्चापदार्थ बाहिरी जिल्लाबाट आयात गरी जिल्लामै पहिलोपटक नेपाली कागज उद्योग सञ्चालन गरेका जिसीले महिनामा लाखौँको आम्दानी गर्दै आएको बताए । पछिल्लो समय आर्थिक मन्दीका कारण जिल्लामा धेरै व्यापार–व्यवसाय धराशयी भइरहेका बेला नयाँ व्यवसाय सञ्चालन गरेका जिसीले राम्रो आम्दानी  गरिरहेको बताए । 

नेपाली कागज उद्योगका लागि आवश्यक कच्चापदार्थका रुपमा बाबियोलगायत सामग्री जिल्लामै प्रशस्त मात्रमा पाइने र लोक्ता, अघ्रेलीलगायत कच्चापदार्थ पूर्वी नेपालको पाँचथर जिल्लाबाट ल्याउने गरेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्