३० असार २०८३, मंगलबार

टेस्लाको चार्जिङ स्टेसनमा भएको आगलागी नियन्त्रणमा

भदौ २१, २०८१
काठमाडौं
टेस्लाको चार्जिङ स्टेसनमा भएको आगलागी नियन्त्रणमा

काठमाडौंको नक्सालस्थित टेस्ला गाडीको चार्जिङ स्टेसनमा आगलागी भएको छ ।

शुक्रबार अपरान्ह १२ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

‘आगो के कारणले लाग्यो अनुसन्धान हुँदैछ, आधा घण्टामै प्रहरी, महानगरपालिकाको दमकलसँगै स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ,' उनले लोकान्तरसँग भने ।

आगो नियन्त्रणका लागि ४ वटा दमकलको प्रयोग गरिएको थियो ।

क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए ।

null

null

null

salt training

कमेन्ट गर्नुहोस्