२९ असार २०८३, सोमबार

सिँचाइ आधुनिकीकरणका लागि १५ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

भदौ २१, २०८१
काठमाडौं
सिँचाइ आधुनिकीकरणका लागि १५ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने करिब रु १५ अर्ब २९ करोड (एक सय १५ मिलियन) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने भएको छ ।

यस सम्बन्धमा सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ । 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यस्तै, बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी विश्वव्यापी सञ्जालको सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गरेको छ ।

सरकारले कर्मचारी सञ्चय कोषको अध्यक्षमा अर्थ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई नियुक्त गरेको छ ।

कोषको सञ्चालक समितिको अध्यक्षको समेत काम गर्ने गरी सचिव घिमिरेलाई जिम्मेवारी दिइएको हो ।

यस्तै, कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई मनोनयन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्