०३ साउन २०८३, आइतबार

बालुवाटार बैठकः सरकारको कामकारबाही प्रभावकारी बनाइने, सत्ता गठबन्धनको बैठक बोलाइने

भदौ २३, २०८१
काठमाडौं
बालुवाटार बैठकः सरकारको कामकारबाही प्रभावकारी बनाइने, सत्ता गठबन्धनको बैठक बोलाइने

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सत्ता गठबन्धनको बैठक बोलाउने समझदारी बनेको छ । यस्तै सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउनेबारे पनि दुई नेताबीच छलफल भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारको कामकारबाहीबारे सामान्य समीक्षासहित आगामी दिनमा  थप प्रभावकारी बनाउने उपायबारे छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । 

बैठकमा सत्तारुढ दलले ल्याउने भनेको साझा न्युनतम कार्यक्रमबारे समेत कुराकानी भएको स्रोतको भनाइ छ । 

 सो क्रममा ओली र देउवाबीच छिट्टै साझा कार्यक्रम ल्याउनेबारेमा सकारात्मक कुराकानी भएको एक एमाले नेताले बताए । यसबारे अब बस्ने सत्ता गठबन्धनको बैठकबाट थप गति दिइने ती नेताको भनाइ छ । 

बैठकमा दुई पक्षका दोस्रो तहका नेताहरू समेत सहभागी थिए । बैठकमा एमालेका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र कांग्रेसबाट गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु देउवा राणालगायत सहभागी थिए । 

salt training

कमेन्ट गर्नुहोस्