०७ असार २०८३, आइतबार

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

भदौ २५, २०८१
काठमाडौं
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

ललितपुरको थापाखेलस्थित नखुडोलमा बस्दै आएकी शशिकला राईको हत्यामा संलग्न भएको आरोपमा उनकै श्रीमान भक्तराज राईलाई प्रहरीले पक्राउ गरेको छ । 

खोटाङ दिप्रुङ्चुङ्गा गाउँपालिका–७ घर भएर नखुडोलमा बस्दै आएकी शशिकला गत भदौ १२ गते राति १० बजे ओछ्यानमै  मृत अवस्थामा फेला परेकी थिइन् । 

प्रहरी वृत्त सातदोबाटोले विस्तृत अनुसन्धान गर्दा उनको हत्या भक्तराजले गरेको पाएपछि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । 

भक्तराजविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको सुवेदीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्