०४ साउन २०८३, सोमबार
शीर्ष नेता भेटघाट

देउवा र प्रचण्डसँग बालुवाटारमा प्रधानमन्त्री ओलीको छलफल

भदौ २७, २०८१
काठमाडौं
देउवा र प्रचण्डसँग बालुवाटारमा प्रधानमन्त्री ओलीको छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान तीन नेताबीच भेटवार्ता भएको हो । उनीहरूबीचको छलफल जारी छ ।

प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयमा प्रमुख दलका नेतासँग छलफल गरिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।

पछिल्लो समय सत्तारूढ दलले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन दबाब बढाएका छन् ।

केही युवालाई अमेरिका लाने नियतले पदीय आचरणविपरीत काम गरेको भन्दै उपसभामुखलाई हटाउने तयारी सत्तारूढ दलले गरेका हुन् । तर, विपक्षी माओवादीसहित रास्वपासहित दलले यसको विरोध गरेका छन् ।

प्रधानमन्त्री ओली असोजको पहिलो साता संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन जाँदै छन् ।

अमेरिका जानुअघि विपक्षीसँग पनि छलफल गर्ने हिसाबले प्रधानमन्त्रीले नेताहरूलाई बोलाएको बुझिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्