०१ साउन २०८३, शुक्रबार

प्रधानमन्त्रीसँग प्रचण्डले भने- संवैधानिक निकायका रिक्त सबै पदमा भोलि नै नियुक्ति सिफारिस गरौं

भदौ २७, २०८१
काठमाडौं
प्रधानमन्त्रीसँग प्रचण्डले भने- संवैधानिक निकायका रिक्त सबै पदमा भोलि नै नियुक्ति सिफारिस गरौं

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको प्रमुख तीन नेताको बैठक सकिएको छ । समसामयिक राजनीति, संवैधानिक परिषद्को बैठकसहित विषयमा प्रधानमन्त्री ओलीले बिहीबार सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका हुन् ।

शुक्रबार बस्ने संवैधानिक परिषद्को बैठकअघि प्रधानमन्त्रीसँग छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा प्रचण्डले संवैधानिक निकायमा रिक्त पदमा भोलिकै बैठकबाट सिफारिस गर्नुपर्ने धारणा राखेको उनको सचिवालयले जनाएको छ । ‘बैठकमा अध्यक्ष प्रचण्डबाट संवैधानिक निकायमा संभव हुन्छ भने भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा  सिफारिस गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ,’ प्रचण्डको सचिवालयले भनेको छ ।

संवैधानिक परिषद्मा विपक्षीको बहुमत रहेको हुँदा प्रधानन्यायाधीशसहित विभिन्न संवैधानिक पदको नियुक्ति सिफारिसको लागि बैठक बस्न सकिरहेको छैन ।

पछिल्लो समय सत्ता पक्षले उपसभामुख हटाएर बहुमत पुर्‍याउने तयारी गरेको भन्दै विपक्षीले असन्तुष्टि जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्