
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता सहकार्यले कांग्रेसलाई आगामी दिनमा अझ बलियो बनाउन मद्दत पुग्ने दाबी गरेका छन् ।
नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको आयोजनामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले नेतृत्व गरेका २१ स्थानीय तहलाई आज आयोजित सम्मान कार्यक्रममा सभापति देउवाले कांग्रेसले सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए ।
वर्तमान सत्ता गठबन्धनबाट देशभर खुसीयाली छाएको उल्लेख गर्दै सभापति देउवाले पार्टीका नेता तथा कार्यकर्ताको भावनाअनुसार नै वर्तमान सत्तासमिकरण बनेको बताए ।
पार्टीका उपसभापति धनराज गुरुङले राजनीतिमा निराश छाइरहेको अवस्थामा नेपाली राजनीति र अर्थतन्त्रलाई गति दिन वर्तमान सत्ता गठबन्धन गठन भएको बताए ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले निर्वाचित जनप्रतिनिधि र पार्टीको नेतृत्वसँग संवादबाट समस्या समाधानका लागि निरन्तर लाग्नुपर्ने बताए ।