०४ असार २०८३, बिहीबार

एमालेको सचिवालय बैठक सर्‍यो

भदौ २८, २०८१
काठमाडौं
एमालेको सचिवालय बैठक सर्‍यो

​नेकपा एमालेको सचिवालय बैठक साढे २ बजेसम्मका लागि सरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि डाकिएको बैठक साढे २ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको हो ।

पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने उनले बताए ।

यही भदौ १८ र १९ गते बसेको पार्टीको पोलिटब्युरो बैठकले कार्ययोजनाको टुङ्गो सचिवालय बैठकलाई दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्