२२ असार २०८३, सोमबार

राजनीतिमा इमान्दारिता र सेवा भाव कम हुँदै गयो, शुद्धीकरण गर्नुपर्छ : मन्त्री गुरुङ

भदौ २८, २०८१
काठमाडौं
राजनीतिमा इमान्दारिता र सेवा भाव कम हुँदै गयो, शुद्धीकरण गर्नुपर्छ : मन्त्री गुरुङ
फाइल तस्वीर

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुुब्बा गुरुङले मूल नीतिका रूपमा रहेको राजनीतिक चरित्र शुद्धीकरण गर्नु आवश्यक रहेको बताएका छन् ।​ 

६०औं बाल दिवसका सन्दर्भमा आज नक्सालस्थित बालमन्दिरमा आयोजित बाल गीत प्रतियोगिताको उद्‌घाटन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

राजनीतिमा पछिल्लो समय इमान्दार र सेवा भाव कम हुँदै गएकाले शुद्धीकरण अत्यन्त जरुरी रहेको उनको भनाइ छ ।

अस्थिर राजनीतिका कारण जनतामा उदासीनता र युवामा विद्वेष भाव देखा परेकाले स्थायित्वका लागि राजनीतिक शुद्धीकरण जरुरी रहेको उनले बताए ।

सचेत व्यक्ति, विद्यार्थी र बौद्धिक व्यक्तिले राजनीतिमा चासो राख्ने भन्दै मन्त्री गुरुङले राजनीतिलाई सही दिशामा ल्याउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्