१९ असार २०८३, शुक्रबार

माओवादीलाई रिझाउन गाह्रो भएकाले एमालेसँग गठबन्धन गरियो : नेता महत

भदौ २८, २०८१
नुवाकोट
माओवादीलाई रिझाउन गाह्रो भएकाले एमालेसँग गठबन्धन गरियो : नेता महत

 नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बाध्यामक परिस्थितिमा कांग्रेस–एमाले गठबन्धन बनेको बताएका छन् । 

नुवाकोटको सूर्यगढी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको आज आयोजित शिलान्यास कार्यक्रममा उनले नेकपा (माओवादी केन्द्र) लाई रिझाउन गाह्रो भएकाले एमालेसँग गठबन्धन गर्ने निर्णय गर्नुपरेको बताए ।

“जनताको सेवा र सरकारी बजेटको सही कार्यान्वयनको लागि (माओवादी केन्द्र) सँगको सहकार्यमा कांग्रेसले त्याग गर्दै आए पनि जथाभावी बजेट बाड्न खोजेर समस्या उत्पन्न गराएपछि दुई ठूला पार्टीबीचको गठबन्धन बनेको हो,” उनले भने, “एमालेसँगको गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ ।”

अहिलेको सरकार तथा गठबन्धनको लक्ष्य देशमा सुशासन दिने, जनताको मागअनुसार विकास निर्माण गर्ने र बजेटको सही कार्यान्वयन गर्ने मान्यता रहेको नेता महतले बताए । 

salt training

कमेन्ट गर्नुहोस्