३१ असार २०८३, बुधबार
रवि मुछिएको प्रकरण

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनमा हस्ताक्षर

भदौ ३१, २०८१
काठमाडौं
सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनमा हस्ताक्षर

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदनमा हस्ताक्षर भएको छ ।

समितिले तीन महिना लगाएर विभिन्न २९ वटा सहकारीमा भएको अरबौं रुपैयाँ अपचलनको विषयमा गरेको अनुसन्धानपछि तयार भएको प्रतिवेदनमा हस्ताक्षर भएको हो । 

हस्ताक्षर भएको प्रतिवेदन सभामुख हुँदै संसदमा प्रस्तुत गर्ने तयारी भएको छ ।

६६ वटा बैठक बसेर सघन छलफल, तथ्यांक केलाएर प्रतिवेदन तयार गरेर कार्यान्वयनको लागि संसद हुँदै सरकारलाई बुझाउन लागिएको जानकारी थापाले दिए । 

दोषीलाई अपराधका निम्ति भागीदार बनाउने, सुझाव, निष्कर्ष र सिफारिससहितको १८ परिच्छेदको प्रतिवेदन तयार भएको थापाले बताए ।

‘अपचलन, ठगीका अनेक प्रवृत्तिको बारेमा छलफल गरेका छौं । अन्तरक्रिया गरेका छौं । काठमाडौं, बाहिर, कारागारबाट बोलाएर छलफल गर्‍यौं । प्रधानमन्त्रीसँग पछि छलफल गर्‍यौं । ६६ वटा बैठक गर्दै हामीले साढे तीन महिना नहुँदै प्रतिवेदन तयार गरेका छौं । यो प्रतिवेदन आजै प्रतिनिधिसभामा प्रस्तुत हुन्छ,' उनले भने ।

समितिले सहकारीको करोडौं रकम गोर्खा मिडियामा ल्याउने क्रममा जीबी राई र यसको खर्च गर्दा प्रबन्ध निर्देशकका रुपमा रवि लामिछाने दोषी रहेको ठहर गरेको छ । यसैले समितिले रविसहित ९ जनालाई कारवाही गर्न सिफारिस गरेको छ ।

समितिका सभापति सूर्य थापाले संसदमा सहकारीको रकम गोर्खा मिडियामा ल्याइएपछिको अपचलनमा रवि दोषी रहेको प्रतिवेदन संसदमा प्रस्तुत गर्दै रविलाई कारवाहीको सिफारिस गरेका हुन् । 

समितिले सुप्रिम, सूर्यदर्शन, स्वर्णल लक्ष्मीसहितका सहकारीबाट गोर्खा मिडियामा एक अर्ब हाराहारी आएको र यसको खर्च गर्नमा रविको प्रत्यक्ष संलग्नता रहेको भन्दै कारवाहीको लागि सिफारिस गरेको हो । 

थापा सभापति समितिमा दिलेन्द्रप्रसाद बडू, ईश्वरी न्यौपाने, लेखनाथ दाहाल, शिशिर खनाल, ध्रुवबहादुर प्रधान र सरिता भुसाल सदस्य छन् । समितिले तीन महिना एक हप्ता छलफल गरेर प्रतिवेदन तयार गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्