०३ असार २०८३, बुधबार

तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिल अध्यक्ष बस्नेतको चेतावनी

भदौ ३१, २०८१
काठमाडौं
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिल अध्यक्ष बस्नेतको चेतावनी

 प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हचुवा, तथ्यहीन र बतासे कुराको प्रचारबाजीमा नलाग्न युट्युबहरूलाई चेतावनी दिएका छन् । 

अध्यक्ष बस्नेतले नकरात्मकता त्यागेर सफलताका लागि रचनात्मक पहल लिन सबैलाई आग्रह गरे । 

सोमबार काउन्सिलमा आयोजित एक कार्यक्रममा उनले युट्युब र अनलाइन सञ्चार माध्यम हावा सूचनाको पछि लाग्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने समेत बताए ।
'सामाजिक सञ्जालको सदुपयोग भए देश बन्छ । हावा कुराको पछि लाग्नु, अफवाह र भ्रम फैलाउनु दुरुपयोग हो, अध्यक्ष बस्नेतले भने । 
मिडियाको गलत प्रस्तुतिका कारण सिंगो समाजमा गलत भाष्य स्थापित भएको भन्दै काउन्सिलले केही महिनादेखि रचनात्मक पत्रकारितालाई अभियानकै रुपमा बहस चलाएको छ । काउन्सिलले बोर्ड बैठकबाट अबको पत्रकारिता समाधानमुखी र रचनात्मक हुनुपर्ने र त्यसलाई देशब्यापी बनाउने निर्णय भएको थियो । 
युट्युवसहित सामाजिक सञ्जालमा देखिएका बेथिति रोक्न काउन्सिलले यस्तो अभियान थालेको हो ।
प्रेस काउन्सिलले पछिल्लो समयमा एकपक्षीय, आधारहीन र तथ्यहीन सूचना सम्पे्रषण गर्ने युट्युवसहितका मिडियालाई कडा कानुनी कारवाही गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्