२६ असार २०८३, शुक्रबार

सहज ढङ्गले व्यवसाय सञ्चालनका लागि बालेन शाहको ध्यानाकर्षण

असोज ३, २०८१
काठमाडौं
सहज ढङ्गले व्यवसाय सञ्चालनका लागि बालेन शाहको ध्यानाकर्षण

कबाड व्यवसायी समाजले सहज र सरल ढङ्गले व्यवसाय सञ्चालनका लागि सहयोग गर्न काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । आज बृहत् भेलागरी महानगरका नगरप्रमुख बालेन शाहको ध्यानाकर्षण गराइएको समाजका अध्यक्ष रामकेवल गुप्ताले जानकारी दिए । 
     
उनले प्रचलित कानुनबमोजिम दर्ता नवीकरण गराउन चाहेका कबाड व्यवसायलाई दर्ता नवीकरण गराउन माग गरे । महानगरका वडा कार्यालयले कबाड व्यवसायको दर्ता नवीकरण नगरेको र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा महानगरले कबाडी व्यवसायमा दर्ता गर्न रोक लगाएको उनले दाबी गरे । भेलामा आम आदमी पार्टीका अध्यक्ष प्रभु साहलगायत नेताहरुको पनि उपस्थिति थियो ।
     
कबाड व्यवसायमा आबद्ध व्यक्तिलाई बेरोजगार बनाइरहेको छ र पेसा व्यवसाय गर्न पाउने हकको हनन गरेको, स्वतन्त्र रुपमा आफ्नो व्यवसाय गर्न पाउने हकको सुनिश्चित हुनुपर्ने माग समाजले गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्