०४ साउन २०८३, सोमबार

आर्सनल हारबाट जोगिँदा बार्सिलोना मोनाकोसँग पराजित

असोज ४, २०८१
काठमाडौं
आर्सनल हारबाट जोगिँदा बार्सिलोना मोनाकोसँग पराजित

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना पराजित भएको छ । युवा खेलाडी लमिन यमलले गोल गरे पनि १० खेलाडीमा सीमित बार्सिलोना हारबाट जोगिन सकेन ।

बार्सिलोना मोनाकोसँग२-१ ले पराजित भएको हो । १०औं मिनेटमै एरिक गार्सियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । त्यसको ६ मिनेटपछि नै म्याग्नेस अक्लिउचेले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । यद्यपि, २८औं मिनेटमा लमिन यमलले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए ।

तर, ७१औं मिनेटमा जर्ज इलेनिखेनाले गोल गर्दै मोनाकोलाई जीत दिलाए । च्याम्पियन्स लिग डेब्यु गरेका इलेनिकेनाले ७१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । 

लिगकै अर्को खेलमा इंग्लिस क्लब आर्सनल एटलान्टासँग सम्भावित हारबाट जोगिएको छ । गोलरक्षक डेभिड रायले एट्लान्टाको पेनाल्टी जोगाउँदा आर्सनल एक अंक हासिल गर्न सफल भएको हो । 

गोलरहित बराबरी भएको खेलमा ५१ औं मिनेटमा एट्लान्टाले पेनाल्टीको अवसर पाएको थियो । तर उक्त अवसरमा माटेओ रेटेगुइले गरेको प्रहार आर्सनलका गोलरक्षक डेभिड रायले डबल सेभ गर्दै बचाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्