२५ जेठ २०८३, सोमबार

अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री गरे काठमाडौं महानगरले कारबाही गर्ने

असोज ९, २०८१
काठमाडौं
अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री गरे काठमाडौं महानगरले कारबाही गर्ने

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक पसलबाट अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । 

महानगरले आज एक सूचना जारी गर्दै  मूल्यसूची बनाएर पसलको अग्र भागमा सबैले देख्नेगरी राख्न, अधिकतम मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्न र म्याद गुज्रिएका बस्तु विक्री वितरण नगर्न भनेको छ ।

त्यस्तै खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि महानगरले आग्रह गरेको छ । 

अनुगमनका क्रममा कसैले आग्रहविपरीत कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइए, उजुरी परे वा गुनासो प्राप्त भएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी महानगरले दिएको छ । 

बस्तु खरिदमा कुनै समस्या वा उजुरीको लागि ११८० मा सम्पर्क गर्न पनि महानगरले आग्रह गरेको छ ।

यस्तो छ सूचना

null

salt training

कमेन्ट गर्नुहोस्