
हेटौँडा-कुलेखानी-सिस्नेरी हुँदै काठमाडौं जाने सडक पुनः सञ्चालन गरिएको छ ।
यसअघि सडक खण्डको छैमलेमा सडक स्तरोन्नति गर्न दक्षिणकाली नगरपालिकाले असोज ८ देखि १९ गतेसम्म सवारी आवागमन बन्द गर्ने सूचना प्रकाशित गरेको थियो ।
स्तरोन्नति गर्ने निर्माण व्यवसायीले हाललाई स्तरोन्नति गर्न नसक्ने बताएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि सिस्नेरी भएर सञ्चालन हुने यातायात पुनः सञ्चालन गरिएको जानकारी दिएको छ ।