३१ असार २०८३, बुधबार

कांग्रेसको संघीय मामिला समन्वय विभागमा १० सदस्य मनोनीत

असोज १०, २०८१
काठमाडौं
कांग्रेसको संघीय मामिला समन्वय विभागमा १० सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय मामिला समन्वय विभागमा १० सदस्यलाई मनोनीत गरेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर केसी प्रमुख रहेको उक्त विभागमा देउवाले बिहीबार उनीहरूलाई मनोनीत गरेका हुन् ।

मनोनीत हुनेहरूमा ज्ञानबहादुर कार्की- संखुवासभा, शेखरसिद अली, रौतहट, होमबहादुर गुरुङ- धादिङ, श्रीराम ढुंगाना- नुवाकोट र माया राना मगर- स्याङ्जा हरेका छन् ।

यसैगरी, भोजबहादुर केसी- गुल्मी, यमबहादुर खत्री- रुपन्देही, लोकेन्द्रबहादुर विक- अर्घाखाँची, समिरजंग मल्ल- रुकुम (पश्चिम) र डबलबहादुर बोहरा- डोटीलाई पनि देउवाले मनोनीत गरेका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्