२४ असार २०८३, बुधबार

जेबीएनएलको प्रथम वार्षिक साधारणसभा सम्पन्न, ग्लोबल आईएमई सेक्युरिटिजमा परिवर्तन हुँदै​

असोज ११, २०८१
काठमाडौं
जेबीएनएलको प्रथम वार्षिक साधारणसभा सम्पन्न, ग्लोबल आईएमई सेक्युरिटिजमा परिवर्तन हुँदै​

धितोपत्रसम्बन्धी कारोबार गर्ने कम्पनी जेबीएनएल सेक्युरिटिज लिमिटेडको प्रथम वार्षिक साधारणसभा  सम्पन्न भएको छ।

ग्लोबल आईएमई बैंक लिमिटेडको सतप्रतिशत लगानीमा स्थापना भएको जेबीएनएलको प्रथम वार्षिक साधारणसभा कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, सञ्चालक तथा लेखापरीक्षकको नियुक्ति/पारिश्रमिक र वार्षिक वित्तीय विवरणहरू सर्वसम्मतीले पारित गरेको छ । 

null

साथै कम्पनीको नाम जेबीएनएल सेक्युरिटिज लिमिटेडबाट मुख्य कम्पनीको नामसँग सामञ्जस्य हुनेगरी ग्लोबल आईएमई सेक्युरिटिज लिमिटेडमा परिवर्तन गर्नेगरी कम्पनीको प्रबन्ध पत्र र नियमावलीको सम्बन्धित प्रावधानमा संशोधन सर्वसम्मतीबाट स्वीकृत गरिएको छ ।

सभामा कम्पनीको एकमात्र शेयरधनी ग्लोबल आईएमई बैंकबाट अधिकार प्राप्त प्रतिनिधि विश्व सुवेदी, कम्पनी रजिस्ट्रारका प्रतिनिधि, कम्पनीका सञ्चालकहरू, प्रबन्ध निर्देशक, सेवाग्राही, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्