
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा विभागमा १० सदस्यलाई मनोनीत गरेका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको उक्त विभागमा १० सदस्यलाई मनोनीत गरेका हुन् ।
मनोनीत हुनेहरूमा प्राडा कमलदीप ढकाल- सिन्धुली, राजकुमार आचार्य- खोटाङ, पूजा पासवान- महोत्तरी, हरिसिंह केसी- धादिङ र त्रिविक्रम पाण्डे- काठमाडौं रहेका छन् ।
यस्तै, राजन श्रेष्ठ- काठमाडौं, किरण भट्ट- गोरखा, लालमणि भण्डारी- दाङ, खेमराज केसी- दैलेख र तारामान रावल- कैलाली पनि सदस्यमा मनोनीत भएका पार्टीका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।