२६ असार २०८३, शुक्रबार

कालो बजारी नियन्त्रण गर्न एमालेको माग

असोज ११, २०८१
काठमाडौं
कालो बजारी नियन्त्रण गर्न एमालेको माग

नेकपा (एमाले)ले चाडपर्वमा हुनसक्ने कालो बजारी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । एमालेको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै चाडवाड नजिकैसँगै कालो बजारी र महँगी बढ्ने भएकाले नियन्त्रण गर्न माग गरेको हो । 

विभागका प्रमुख खिमलाल भट्टराईको नेतृत्वमा गएको टोलीले चाडवाडमा हुनसक्ने कालोबजारी र महँगी नियन्त्रणको लागि तत्काल अनुगमन सयन्त्रलाई परिचालन गर्नुपर्नेमा माग राखेको छ । 

यस्तै गुणस्तरीय र सुपथ मूल्य पसलहरु देशभरि सञ्चालन गर्नुपर्ने, चामल, दाल, तेल, चिनी, तरकारी, फलफूल र मासुजन्य वस्तुहरु सर्वसुलभ र सुपथ मूल्यमा पाउने वातावरण बनाउन माग गरिएको छ । 

चाडपर्व नजिक आइरहेकाले तत्काल सडकको मर्मत र खाल्डाखुल्डी पुर्नुपर्ने, चाडपर्वमा आवतजावतका लागि यातायातको साधन अभाव हुन नदिन वैकल्पिक व्यवस्था गर्न, सुरक्षा प्रबन्धका निम्ति ठाउँठाउँमा प्रहरी र यातायातको सहज व्यवस्थापनका लागि पनि माग गरिएको छ । 

ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिइसकेका बताउनुभएको नेता भट्टराईले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्