
बाढीले सिन्धुलीको खुर्कोट बसपार्क डुबानमा परेको छ । बसपार्कसहित आसपासका घरहरुडुबानमा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार घरहरु डुबानमा परेपनि हालसम्म कुनै मानवीय क्षति भने भएको छैन । सुनकोसीमा आएको भिषण बाढीका कारण डुबानको समस्या आएको प्रहरीको भनाइ छ ।