०७ साउन २०८३, बिहीबार
वर्षाले बबन्डर

अविरल वर्षाले काठमाडौं जलमग्न : विभिन्न बस्ती डुबानमा, रोडमै बग्न थाले खोला

असोज १२, २०८१
काठमाडौं
अविरल वर्षाले काठमाडौं जलमग्न : विभिन्न बस्ती डुबानमा, रोडमै बग्न थाले खोला

लगातारको झरीले देशभरको जनजीवन प्रभावित भएको छ । बाढीपहिरोले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध भएका छन् । 

null

यसैगरी अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरू पनि डुबानमा परेका छन् । अधिकांश खोला र नदीको पानी सडकमा पुगेको छ । 

null

उपत्यकाका विभिन्न बस्ती र सडक जलमग्न भएका छन् । बागमती, विष्णुमती, खोकना, बल्खुखोला, धोबीखोला, कर्मनाशा, मनोहरालगायत खोला किनाराका बस्ती डुबानमा परेका हुन् । खोकना, गौरीघाट, नख्खु, बलम्बु, गोंगबु बसपार्क क्षेत्रमा बाढी पसेको छ ।

null

ललितपुरको इमाडोल र कुसुन्ती क्षेत्रमा पनि केही घरमा बाढी पसेको छ । नक्खु खोला र बागमती खोलाको दोभानमा पनि केही घर डुबानमा परेको छ । कीर्तिपुरको सुन्दरीघाट तथा बलम्बुको बालकुमारी बस्तीमा पनि बाढी पसेको छ ।

null

null

हनुमन्ते खोलाले एउटा ग्यास बुलेट बगाएको छ । ललितपुरस्थित च्यासलको पुलमा अड्किएको ग्यास बुलेट निकाल्न समस्या देखिएको छ । 

यसैगरी काडमाडौं र ललितपुर जोड्ने युएन पार्कस्थित झोलुङ्गे पुल नदीमा आएको बाढीले बगाएको छ ।

null

null

null

salt training

कमेन्ट गर्नुहोस्