२२ असार २०८३, सोमबार
बाढी/पहिरोको वितण्डा

बाढीपहिरोबाट क्षतिको अपडेट : देशभरमा ११ जनाको मृत्यु, १० बेपत्ता

असोज १२, २०८१
काठमाडौं
बाढीपहिरोबाट क्षतिको अपडेट : देशभरमा ११ जनाको मृत्यु, १० बेपत्ता

बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढी/पहिरोमा परी देशभरमा ११ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान १०:३० बजेसम्मको तथ्यांकअनुसार ११ जनाको मृत्यु तथा १० जना बेपत्ता भएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

काभ्रेमा ३, पाँचथर र धनकुटामा २/२, तथा झापा, काठमाडौं, ललितपुर र धादिङमा १/१ जनाको मृत्यु भएको थापाले जानकारी दिए ।

उनका अनुसार ललितपुरमा ६, धनकुटामा २ तथा काठमाडौं र धादिङमा १/१ जना बेपत्ता भएका छन् ।

बाढी पहिरोले १६२ घरमा क्षति पुगेको छ भने ७६० जनाको सकुशल उद्धार गरिएको छ । 

बाढीपहिरो पीडितको उद्धारमा १६३० सशस्त्र प्रहरी परिचालन भएका छन् ।

काठमाडौं उपत्यकाका ३ जिल्लामा १३ बोटसहित उद्धार टोली परिचालन भएको थापाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्