
सिन्धुली र रामेछाप जोड्ने पक्की पुल सुनकोशी नदीले बगाएको छ ।
सिन्धुलीको खुर्कोटस्थित उक्त पुल शनिबार बाढीले बगाएको हो । यससँगै सिन्धुली–मन्थली सडक अवरुद्ध बनेको छ ।
बिहीबार बेलुकादेखि भएको अविरल वर्षाका कारण देशभर बाढी र पहिरोको प्रकोप छ ।
बाढीपहिरोले दिउँसो १ बजेसम्ममा १९ जनाको मृत्यु भएको तथा ४० जना बेपत्ता भएको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएका छन् ।