
त्रिभुवन राजपथअन्तर्गत पर्ने धादिङको झ्याप्ले खोला क्षेत्रमा थप ७ वटा शव भेटिएका छन् । पहिरोमा पुरिएको हायस गाडीबाट आइतवार थप ७ शव भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
यसअघि आइतवार बिहान पनि सोही क्षेत्रबाट ३ वटा शव फेला परेका थिए । ११ बजेसम्ममा ८ पुरुष र २ महिलाको शब निकालियो सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
बा ३ ज १३४५ नम्बरको उक्त हायस चितवनबाट काठमाडौंका लागि आएको थियो । ‘घटनास्थल हेर्दा पहिरो खस्न थालेपछि गाडीहरू साइड लागेर सुरक्षित हुन खोजेको र त्यहीँ ठूलो पहिरो गएजस्तो देखिन्छ,’ उनले भने ।