३१ असार २०८३, बुधबार
दशैंको मुखमा सडकको बेहाल

११ वटा पुल बगे, ५६ स्थानमा सडक अवरुद्ध, ४० करोडभन्दा बढीको क्षति [सूचीसहित]

असोज १३, २०८१
काठमाडौं
११ वटा पुल बगे, ५६ स्थानमा सडक अवरुद्ध, ४० करोडभन्दा बढीको क्षति [सूचीसहित]

शुक्रबारदेखिको भारी वर्षा तथा बाढीपहिरोका कारण देशभर सडक तथा पुल गरेर ४० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । सडक विभागका अनुसार देशभर ११ वटा पुल र १ सय किलोमिटर जति सडक बाढीले बगाएको छ ।

विभागका सूचना अधिकारी समेत रहेका सिनियर डिभिजनल इन्जिनीयर अमितकुमार शर्माका अनुसार शुक्रबारदेखि हालसम्मको वर्षा तथा बाढीपहिरोका कारण ४० करोड रुपैयाँ जतिको सडक तथा पुलमा क्षति भएको हो ।

'यो अहिलेको प्रारम्भिक  अनुमान मात्र हो । विभिन्न ठाउँबाट क्षतिको विवरण अद्यावधिक हुने क्रम जारी नै रहेकाले यकिन भइसकेको छैन,' शर्माले लोकान्तरसँग भने ।

हालसम्म १ कल्भर्ट, २ बेली ब्रिज, ४ आरसीसी सपोर्टेड ब्रिज, एउटा आर्क ब्रिज, एउटा स्टील ट्रस ब्रिजसहित ११ वटा पुल बगेको उनले खुलाए ।

सडक डिभिजन इलामअन्तर्गत मेची राजमार्गको केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम, गणेशचोक-ताप्लेजुङ–ओलाङचुङगोला सडक खण्डको हेवाखोला पुल बगेको छ ।

null

त्यसैगरी, सडक डिभिजन खुर्कोट (सिन्धुली)अन्तर्गत सुनकोशी नदीमा निर्माण सम्पन्न भएको स्टील ट्रस पुलको १ सय मिटरको एउटा स्पाम बाढीले बगाएको छ । सडक डिभिजन इलाम अन्तर्गत इलाम-माइपोखरी-सन्दकपुर सडक खण्डअन्तर्गत रातेखोला निर्माणाधीन आरसीसी प्रिस्ट्रेस्ड पुल पनि बाढीले बगाएको छ ।

त्यसैगरी, पुल सेक्टर धरानअन्तर्गत ठाँडी-भगवानपुर-लहान, कदमाहा चोक-गाईघाट-महुरे-खार्पा-सोलु सडक खण्डमा निर्माणाधीन १२० मिटरको पुल पनि बाढीले बगाएको छ ।

त्यसैगरी, हुलाकी राजमार्ग योजना कार्यालय इटहरीअन्तर्गत झापाको विरंगी खोलामा निर्माणाधीन पुलमा समेत असर परेको छ ।  अत्यधिक वर्षाका कारण आएको बाढीले पुलमा क्षति नभएपनि एप्रोच रोड बगाएका कारण यातायात आवागमन बन्द भएको सडक विभागले जनाएको छ ।

५६ स्थानमा यातायात अवरुद्ध

शर्माका अनुसार देशभरका विभिन्न ५६ स्थानमा अहिले यातायात अवरुद्ध भएको छ । पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुली जिल्लामा पर्ने हर्जेनी, बलेनी, सालघारी, चुनौटेदेखि घुर्मीसम्म, नेपालथोक, कुखुरेटार,ल्याउ खोला, पिक्कल, रिठ्ठाबोटमा यातायात अवरुद्ध भएको छ । सोही राजमार्गअन्तर्गत खोटाङको चिसापानी, खोक्सेलीमा पनि सडक अवरुद्ध छ ।

त्यसैगरी, बीपी राजमार्ग बर्दिवास-सिन्धुली-खुर्कोट-धुलिखेल सडकअन्तर्गत काभ्रेपलान्चोकको मामती खोला, कालढुंगा, बोक्सी कुना, नार्के पुल आसपास, काभ्रे भन्ज्याङ, पिनथली बेसी, डाला बेसी र चौकीडाँडामा सडक अवरुद्ध छ ।

त्यसैगरी, मदन भण्डारी राजमार्गअन्तर्गत बाहुनडाँगी-शान्तिनगर-धरान-चतरा-गाईघाट-कटारी-सिन्धुलीमाढी-हेटौंडा-गैँडाकोट-रामपुर-राम्दी-रिडी-बलकोट-सन्धिखर्क-बिजुवार-सितलपाटी-सुर्खेत-बड्डीचौर-सहजपुर-रुपाल सडक खण्डमा नवलपुरको तरंग खोलामा बाढी आई ह्युम पाइप बगाएकाले तथा खोला नघटेकाले सडक अवरुद्ध भएको छ ।

त्यसैगरी, पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत रामेछापको खैरनीघाटमा पुल बगाएकाले सडक अवरुद्ध छ । रामेछापकै लुभुखोलामा सडक बगाएकाले यातायात सञ्चालन हुन सकेको छैन ।

त्यसैगरी, उत्तरदक्षिण कालीगण्डकी लोकमार्ग आयोजना पाल्पाअन्तर्गत तानसेन-रिंडी-कोरला सडक खण्डमा पर्ने गुल्मीको लत्रेभीरमा ठूल्ठूला बोल्डर, रूख, झारपातसहितको पहिरो झरी सडक अवरुद्ध भएको छ ।

null

त्यहाँ एक्साभेटर, लोडर, टिपरसहितका उपकरण परिचालन भएपनि सडक सुचारु हुन ४८ देखि ७२ घण्टा लाग्ने सडक विभागले जनाएको छ । मोरङको चतरा पुलदेखि बराहक्षेत्रसम्म जाने १७ नम्बर सडकमा पहिरो गएकाले यातायात अवरुद्ध छ ।

कान्ति राजपथअन्तर्गत हेटौंडा-बागमती-टीकाभैरव-भैंसेपाटी-एकान्तकुना सडक खण्डअन्तर्गत मकवानपुरको आँपचौरमा सडक अवरुद्ध छ । बीपी राजमार्गअन्तर्गत काभ्रेको भ्याकुरे खोला र चर्स्या बेसीमा पनि सडक अवरुद्ध छ ।  

त्यसैगरी, नागढुंगा–मुग्लिङ सडक योजनाको पूर्वी खण्डअन्तर्गत धादिङको झ्याप्ले खोलामा पहिरो गएकाले शुक्रबारदेखि नै सडक अवरुद्ध छ । तर, यहाँ अत्यावश्यक सवारीलाई बन्दै गरेको सुरुङ मार्गबाट सञ्चालन गरिएको छ ।

अरनिको राजमार्गअन्तर्गत काठमाडौं-धुलिखेल-दोलालघाट-खाडीचौर-कोदारी सडक खण्डमा पर्ने सिन्धुपाल्चोकको सिम्ले र दाक्लाङमा सडक अवरुद्ध छ । त्यसैगरी, दोलालघाट-चौतारा खण्डमा पनि सडक अवरुद्ध छ ।

यसरी देशभरका विभिन्न सडक खण्डमा सवारी अवरुद्ध छ ।

सडक विभागका सूचना अधिकारी थापाका अनुसार अहिले फसेका व्यक्तिलाई उद्धार गर्ने पहिलो प्राथमिकता छ । त्यसका साथसाथै अवरुद्ध सडक खुलाउन मातहतका सडक डिभिजन युनिटहरू उपकरणसहित लागिपरेको उनले बताए ।

दशैं नजिकिएका बेला सडकहरू अवरुद्ध हुँदा यात्रुहरूले सास्ती खेप्नुपर्ने भएको छ ।

nullnullnullnullnullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्