२३ जेठ २०८३, शनिबार

बाढी पीडित मेकानिक्सलाई खाद्यान्न​ र दैनिक उपभोग्य सामग्री वितरण​

असोज १५, २०८१
काठमाडौं
बाढी पीडित मेकानिक्सलाई खाद्यान्न​ र दैनिक उपभोग्य सामग्री वितरण​

सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्था तथा सिप्रदी अटोपार्टस् प्रालिले बाढीपीडित मेकानिक्सहरूलाई खाद्यान्न​ र दैनिक उपभोग्य सामग्री प्रदान​​ गरेको छ ।

निरन्तरको वर्षाले काठमाडौं उपत्यकाको खोला किनारमा ज्याला मजदुरी गर्दै आइरहेका बाढी पीडित मेकानिक्सहरूलाई राहत प्रदान गरिएको कम्पनीले जनाएको छ ।​​

सिप्रदीयन सहायता संस्थाका प्रतिनिधि र सिप्रदी अटोपार्टस् प्रालिका प्रतिनिधिहरूको उपस्थितिमा २६ घरधुरीलाई सिरक, डसना र सिरानी १/१ थान, १ बोरा चामल, ३ किलो दाल, १ लिटर तेलका साथै अन्य खाद्य तथा घरायसी सामग्री वितरण गरिएको हो ।​​​

सिप्रदियन सहायता संस्थाले विभिन्न प्रभावित क्षेत्रहरूमा अत्यावश्यक राहत सामग्री वितरण गर्दै आइरहेको छ ।

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्